मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज, निक्षेपकर्ताहरुलाई लाभदायी योजना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज, निक्षेपकर्ताहरुलाई लाभदायी योजना

काठमाडौं / मुक्तिनाथ विकास बैंक लि.को “मुक्तिनाथ क्रमिक बचत खाता” ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी योजना हो । 

बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटिएको बैंकले जनाएको छ । 

खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्ष देखि १० वर्ष अवधिसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने ब्।राबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ । 

यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad