निलम्बित गभर्नर अधिकारीद्वारा दायर रिट सर्वोच्चमा दर्ता


  • KBL News Ad
  • ADBL
  • City Express
निलम्बित गभर्नर अधिकारीद्वारा दायर रिट सर्वोच्चमा दर्ता

जाँचबुझ प्रक्रियामाथि नै प्रश्न । जाँचबुझ समितिका सदस्यहरुको योग्यता नै नपुग्ने दाबी

म‍ंगलबार प्रारम्भिक सुनुवाई हुने

काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीले आफूलाई पदमुक्त गर्ने प्रयोजनले सरकारले सुरु गरेको जाँचबुझ प्रक्रियालाई सर्वोच्च अदालतमा चुनौति दिएका छन् ।

गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको थियो । त्यसविरुद्ध गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दिएको निवेदन दर्ता भएको प्रवक्ता बिमल पौडेलले बताए । ‘उहाँको निवेदन दर्ता भएको छ । सम्भवतः मंगलबार सुनुवाइ हुन्छ ।’

गभर्नर अधिकारीले निवेदनमा आफूलाई पदमुक्त गर्ने उद्देश्यले जाँचबुझ समिति गठन गरिएको, नेपाल राष्ट्रबैंकले गभर्नरलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन गर्नुपूर्वको अवस्था अहिले नरहेको, जाँचबुझ समितिका अध्यक्ष अर्थमन्त्री जनार्दन शर्माका आफन्त भएको साथै सदस्यहरुको योग्यता पनि नपुग्ने लगायतका कारण उल्लेख गरेका छन् । ...

Read More
  • EBL Ad news