गभर्नरको निलम्बन विरोधमा राष्ट्र बैंकमा कालो ब्यानर


  • KBL News Ad
  • ADBL
  • City Express
गभर्नरको निलम्बन विरोधमा राष्ट्र बैंकमा कालो ब्यानर

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोध गरिएको छ । राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटारम कालो ब्यानर झुण्ड्याउँदै विरोध जनाएको हो । 

राष्ट्र बैंकको कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वत्तता माथिको नाङगो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोकल्पित आरोपमा गभर्नर माथी शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’, ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्कालै विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ । 

Read More
  • EBL Ad news