कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोल्दै


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद खरीदका लागि प्राप्त बोलपत्र आज खोल्दै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट लिमिटेडको लिलामी शेयर विक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौंमा दिउँसो १ बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने जानकारी कम्पनीले दिएको छ ।    

कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो । प्रतिशेयर एक सय रुपैयाँ तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।  

Read More
  • EBL Ad news