चैत ३०, काठमाडौं । चैत २५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओमा मंगलवारसम्म मागभन्दा ११४ दशमलव ८९ गुणा बढी आवेदन परिसहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधिमै विक्री बन्द हुन लागेको हो ।
सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेर ५ मिनेटसम्म २२ लाख ३८ हजार ७५७ जनाले २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ९ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् । ....