काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ्ग सेवाको संख्या २७५ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम/सिडिएमए/युटिएल/एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।