काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीको निलम्बनलाई लिएर पाँच वटा कर्मचारी संघले सरकारको आलोचना गरेका छन् । संयूक्त विज्ञप्ति जारी गर्दै ती संघले केन्द्रीय बैंकको स्वायत्ततामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको भन्दै आलोचना गरेका छन् ।
राष्ट्र बैंक कर्मचारी संघ, सञ्चयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले संयूक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ‘केही राष्ट्रले भोग्दै आएको आर्थिक संकटबाट पाठ सिक्दै केन्द्रीय बैंकबाट समयमै प्रेषित सूचना र सुझावको कार्यान्वयन गरी मुलुकको अर्थतन्त्रको उद्धारमा संवेदनशील हुनुपर्ने जिम्मेवार तालुक मन्त्रालय र सरकारको ध्यान केन्द्रीय बैंकप्रति हलो अड्काउने र गोरु चट्काउने नीति अख्तियार गर्ने र केन्द्रीय बैंकको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप गर्दै गैरकानूनी निर्देशन दिनमै केन्द्रित भएको व्यहोरा जगजाहेर भइसकेको छ ।’