मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पदबाट राजिनामा दिएकी छिन् । कार्यकाल सकिन केहि दिन अगाडी मात्र उनले राजिनामा दिएकी हुन् ।
४ वर्षको लागि बैंकको सीइओ नियुक्त भएकी उनको कार्यकाल यहि चैत्र ३० गते सकिदै थियो । तर कार्यकाल सकिन ५ दिन अगाडी उनले पदबाट राजिनामा दिएकी हुन् ।
संचालक समितिले उनको कार्यकाल नवीकरण नगर्ने जानकारी पाएपछि खुन्जेलीले राजिनामा दिएको स्रोतको दाबी छ। उनले वाणिज्य बैंकहरु मध्ये कै पहिलो महिला सीइओ भएर इतिहास रचेकी थिईन् । ...







