एनआईसीमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क डिम्याट र मेरो शेयर खाता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसीमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क डिम्याट र मेरो शेयर खाता

एन आई सी एशिया क्यापिटलले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता सुविधा प्रदान गर्ने भएको छ । क्यापिटलले  ‘क’ तथा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता सुविधा दिने भएको हो। 

क्यापिटलले शारीरिक तथा मानसिक कमि कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गराउने प्रमुख उद्देश्यका साथ एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाइएको जनाएको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news