लगानीकर्ता जनचेतनामुलक कार्यक्रममा एनआइबिएल एस क्यापिटल


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्ता जनचेतनामुलक कार्यक्रममा एनआइबिएल एस क्यापिटल

शेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागी वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

सन् २०११  मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो ।

एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीज प्रालीले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेश एवं नेपाली यूवा उद्यमी सजांल वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad