नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको छ। आज सबै कमर्शियल बैकका सीईओहरुलाई डाकेर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।
बिदेशी मुद्राको संचितिमा दबाब बढ्दै गएको बताउदै राष्ट्र बैंकले बैंकका सीईओहरुलाई गाडीहरुको एलसी रोक्नलाई निर्देशन दिएको हो। अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने अवस्थामा रहेको छ।
बैंकहरुलाई औपचारिक रुपमा पत्र काटेर वा निर्देशन जारी गरेर गाडी आयातमा एलसी रोक्नलाई निर्देशन नदिएपनि सबै बैंकका सीईओहरुलाई नै छलफलमा डाकेर यस्तो निर्देशन दिनुले गाडी आयातको एलसी खोल्नलाई अब कडाई हुने भएको छ।