इसेवा मनी ट्रान्सफर र टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौता संगै, बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिनेछ ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको ३ महिनासम्म कुनै शुल्क लाग्नेछैन ।