काठमाडौँ / नेपाल बङ्लादेश (एनबी)बैंक फेदाप शाखाले ‘ग्लोबल मनी सप्ताह २०२२’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले गत ८ चैतदेखि १३ गतेसम्म स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्धकाली माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा बचत तथा कर्जा, सफा नोटको नीति, विप्रेषण, शेयर बजार, विद्युतीय कारोबारमा हुने ठगी, लघुउद्यम व्यवसाय तथा डिजिटल बैंकिङ बारेमा जानकारी गराइएको बैंकको भनाइ छ ।







