काठमाडौं । उक्त समयसम्म देश कै सबैभन्दा ठूलो मर्जर भनेर हौवा पिटेको नेपाल ईन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक बिचको मरजर तुहिएको करिब तीन महिना भईसकेको छ । यस बिच दुवै बैंकका संचालक सम्मिलित मर्जर समितिको बैठक बसेर तोकिएको “डि–मरजर“ को प्रक्रिया पूरा गरेर नेपाल राष्ट्र बैंकलाई आवश्यक पर्ने पत्र पठाएको समेत एक महिना बढि भईसकेको छ । यसरी यी दुई बैंकको शेयर कारोबार रोकिएको करिब दश महिना बित्दा समेत न त राष्ट्र बैंकले केही कारवाही अघाडि बढाएको देखिन्छ न त उक्त शेयर कारोबार पुनः संचालन गर्न केही प्रक्रिया अघि बढाएको नै पनि पाईन्छ ।
नेपाल राष्ट्र बैंक जस्तो शक्तिशालि निकायको आवश्यक आन्तरिक प्रक्रिया भईरहेको होला भनेर चुप लागेर बस्नुपर्ने समय समेत बितिसकेको छ । अहिले आएर नेपाल राष्ट्र बैंकको यस विषयमा देखाएको मौनता साँचै नै शंकास्पद् रहेको र थप समय लगाउँदा त झनै अनैतिक कार्यतिर तल्लिन भएर लागिपरेको भन्दा फरक नपर्ला । नेपाल राष्ट्र बैंकले यस विषयमा देखाएको व्यवहार कतै शक्तिकेन्द्रको आदेश अनुसार भएको हो कि मोटो रकमको भूमिकाले हो भनेर सर्वसाधारण आश्चर्य चकित भएको स्थिति छ । यस प्रक्रियामा राष्ट्र बैंकले देखाएको व्यवहारले गर्दा देशको आर्थिक स्थितिमा समेत महत्वपूर्ण भूमिका खेल्ने एक प्रतिष्ठित संस्थाको प्रतिष्ठामा ठूलै धब्बा लाग्ने स्पष्ट हुँदै गएको छ ।








