मुक्तिनाथ विकास बैंकद्धारा स्याटेलाईट निर्माण गर्न ७५ हजार सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकद्धारा स्याटेलाईट निर्माण गर्न ७५ हजार सहयोग

मुक्तिनाथ विकास बैंकले काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको छ । 

काठमाण्डौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईटको निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ साल सम्म गरिने छ । 

बैंकले काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नका लागि ७५ हजारको चेक हस्तानतरण गरेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad