काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको हो ।
यसमा नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।
यस खातामा न्यूनतम.१ हजार रुपैयाँ मै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । यसमा निक्षेप खाता खोल्नका लागि सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ बैंकले जनाएको छ ।








