राष्ट्र बैंकका नव प्रवेशी सहायक निर्देशकहरुलाई गभर्नरले भने 'इमान्दार भएर काम गर्नुस्'


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका नव प्रवेशी सहायक निर्देशकहरुलाई गभर्नरले भने 'इमान्दार भएर काम गर्नुस्'

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेशनल बैंकिङ्ग इन्ष्टिच्यूटमा संचालन भईरहेको नेपाल राष्ट्र बैंकका नव प्रवेशी सहायक निर्देशकहरुको पूर्वसेवाकालीन तालिमको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा गर्भनर अधिकारीले राष्ट्र बैंकको काम कारवाही तथा उद्देश्यहरु माथि प्रकाश पार्दै प्रशिक्षार्थीहरुलाई काममा समर्पित भएर लाग्न प्रेरणा दिएका छन्।

राष्ट्र बैंकको भूमिका देशको अर्थतन्त्रमा गहन भएको कुरा जनाउदै सम्पूर्ण प्रशिक्षाथीहरुलाई इमान्दार एवम लगनशिल भएर काम गर्न सुझाव दिए। सूचना नै शक्ति भएको बताउदै आफुलाई निरन्तर अद्यावधिक वनाउनु पर्ने आवश्यकता रहेको बताए।

Read More
  • EBL Ad news