नेपाल बङ्गलादेश बैंकद्वारा १ लाख रुपैयाँको दुर्घटना बीमा भुक्तानी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बङ्गलादेश बैंकद्वारा १ लाख रुपैयाँको दुर्घटना बीमा भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणका लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम १ लाख रुपैयाँ ग्राहक स्व. श्रीमति महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ ।

स्व. श्रीमती महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन् । उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ ।

हाल नेपाल बङ्गलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Read More
  • EBL Ad news