काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
जस अन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।
‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।








