मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनस्र्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्यवस्तु, डस्टबिन तथा अन्य सामग्रीका लागि सहयोग गरेको छ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दीपककुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति थियो।
यस सहयोगबाट निलसागर सेवा आश्रममा बसेका ज्येष्ठ र अशक्त नागरिकको पुनस्र्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ। मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।









