सिद्धार्थ बैंक र कोशी अस्पतालबीच सम्झौता, हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंक र कोशी अस्पतालबीच सम्झौता, हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र कोशी अस्पतालबीच सम्झौता भएको छ । कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग बैंकले सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले मेसिनका लागि रु। ५० लाख बराबरको सहयोग गर्नेछ । कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news