एनआईसी एशिया क्यापिटल (NICAsiaCapital)ले “आईडियो टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
सोही सेवा अन्तर्गत लुप नेटवर्कस् लिमिटेडको १०० रूपैयाँ अंकित दरका ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नकोलागि एनआईसी एशिया क्यापिटल र लुप नेटवर्कस लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
साथै उक्त “आईडियो टु आईपीओ” सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ्ग प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने छ।








