नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

उदयपुर । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले Global Money Week 2022 को अवसरमा चैत १० गते उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित जनता नमुना मा।वि। गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख निर्देशक मीना पाण्डेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथी जनता नमुना मा।वि। का विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ रहेका थिए । उक्त कार्यक्रममा सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसहरुको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोवारका लागि लक्षित समुहलाई अभ्यस्त बनाउन बैंक खाता, बचतको आवश्यकता र यसको फाइदा, कर्जा र कर्जाको सहि सदुपयोग, बीमाको महत्व, विप्रेषण पठाउदा ध्यान दिनुपर्ने कुराहरु, उद्यमशिलताको विकास, सफा नोट नीति, जाली नोट पहिचान गर्ने विधी लगायतका विषय समेटिएको वार्ता प्रस्तुत गरेका थिए

Read More
  • EBL Ad news