निक्षेपकर्ताका लागि उत्कृष्ट ब्याजदर प्रदान गर्दै एन आई सी एशिया बैंक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
निक्षेपकर्ताका लागि उत्कृष्ट ब्याजदर प्रदान गर्दै एन आई सी एशिया बैंक

नेपालका ठूला वाणिज्य बैंकहरुमध्ये एक बैंक हो एन आई सी एशिया बैंक । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकहरू माझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।

एन आई सी एशिया बैंक देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा स्थापित भएको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिन सफल भएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोडभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान हो ।

Read More
  • MBL - below news
  • EBL Ad news