सानिमा लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमा योजना (रेगुरल) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ र सावधिक जीवन बीमा योजना (एकल) बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ६५ रुपैयाँ रुपैयाँसम्म बोनस पाउनेछन् ।
त्रिपल सावधिक जीवन बीमा योजना र दाम्पति सावधिक बीमा योजनामा न्युनतम २० रुपैयाँ देखि ३० हजार रुपैयाँ बोनस पाउनेछन् ।







