काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई नयाँ वर्गिकरण गरेको छ। नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको छ।
नेप्सेले गरेको वर्गीकरणमा राम्रो मानिने 'ए' वर्गमा मा २५ वटा बाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंक ए मा परेका हुन् । त्यस्तै 'ए' वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रोपाबर र उत्पादन समुहबाट शिवम् सिमेन्ट परेको छ ।
त्यस्तै 'बि' बर्गमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्रोपाबर र इन्भेष्टमेन्ट समुहबाट एचआईडिसीएल परेको छ । वर्ग 'जी' मा भने ८ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी , १४ वटा हाइड्रो, होटेल समुहहरु परेका छन् ।








