काठमाडौं । बैंक अफ काठमाण्डू र हेफर नेपाल बिच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न सम्झौता गरेका छन् । विभिन्न ग्रामिण भेगमा रहेका मानिसहरुलाई तित्तीय साक्ष्र बनाउँने उदेश्यले उक्त सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेका मनिसहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको छ ।
उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबब्द्घ गरेका छन् । सो सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् ।









