नेपाल राष्ट्र बैंकले १ दर्जन बढी बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा यी बैंकहरुलाई कारवाही गरेको हो ।
जस अनुसार राष्ट्र बैंकले प्रभु बैंकलाई दोस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेको कारण १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना गरेको छ ।
त्यस्तै राष्ट्र बैंकले नेपाल बैंकलाई सचेत गराएको छ । बैंक तथा वित्तीय सस्थालाई जारी गरिएको एकिकृत निदेशन २०७८ को निर्देशन नं.१५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मिति २०७८ २/११ मा जारी परिपत्र वै वि नि.वि. नीति परिपत्र कखग ९/०७७/७८ को बुदा नं. १०१) मा भएको व्यवस्था बमोजिम बोलकवोल Bidding) को आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटी नदोहरीने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यस्तै नेपाल बैंक लि.ले एटलस इन्जिनियरिंग कन्स्ट्रक्सन क. लि.को खाता रोक्का राख्ने निर्देशन पालना नगरेकोले ने बै.लि.का प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।