काठमाडौं । नेप्सेले नेको इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । १५ प्रतिशत बोनस शेयर पश्चात उक्त कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर पश्चात १ हजार ४३ रुपैयाँ ४८ पैसामा मुल्य समायोजन गरेको छ । सो कम्पनीको अन्तिम कारोबार १ हजार २ सय रुपैयाँमा भएको थियो ।
नेप्सेका अनुसार मंगलबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ ।








