काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच सम्झौता भएको छ । ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।
उक्त सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरू ‘स्मार्ट च्वाइस टेक्नोलोजी र ‘फोन पे’सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो ।