काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको ३३ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६७७ को वार्षिक साधारण सभा गरेको हो । सभाले चुक्ता पुँजीको १९% बोनस सेयर र कर प्रयोजनको लागि १% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभामार्फत संस्थापक समूहबाट प्रेमा राज्यलक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंह सञ्चालकमा निर्वाचित भएका छन् ।
नेसनलको साधारण सभा अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । कोभिड १९ को प्रकोप यथावत रहेता पनि प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बिमा योजनाहरुले गर्दा जीवन बिमा बजारको लागि राम्रो आधार सिर्जना भएको अध्यक्ष सिंशले बताएकी छिन् । कम्पनीको व्यवसाय सन्तोषजनक रहेको बताउँदै सिंहले आउने दिनहरुमा समेत नेसनल लाइफले सर्वसाधारणको जीवन बिमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गर्ने विश्वास प्रकट गरेकी छिन् ।








