काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य चौकीमा उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा फागुन २८ गते शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा आयोजित विशेष कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्वास्थ्यचौकीलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेसमेतको उपस्थिति रहेको थियो ।
बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाई ल्याब इक्विपमेन्ट हस्तान्तरण बताएको छ ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो ।








