काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्रि गर्ने भएको छ । बैंकले शुक्रबार सुचना जारी गदै नागरिक बचतपत्र २०८३ बिक्रि गर्न लागेको हो ।
वार्षिक १० प्रतिशत ब्याजदरमा उक्त बचतपत्रमा नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । बैंकले चैत ३० गतेदेखि ५ वर्षका लागि निष्कासन गरेको नागरिक बचतपत्र २०८३ मा ६र६ महिनामा ब्याज भुक्तानी हुने जनाएको छ ।
उक्त बचतपत्रमा चैत १ गतेदखि चैत २० गतेसम्म इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिनेछ ।