मेगा क्यापिटलले दोस्रो सामुहिक लगानी कोष योजना स्नाचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै आवेदन दिएको छ । क्यापिटलले फागुन ११ गते बोर्डमा आवेदन दिएको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईले हुन आउने १ अर्ब बराबरको मेगा म्युचुअल फण्ड २ संचालनको लागि अनुमति माग गरेको हो । यो बन्दमुखी प्रकृतिको योजना हो । क्यापिटलले ६ महिना अगाडी मेगा म्युचुअल फण्ड १ को इकाई निष्काशन गरेकोमा हाल नेप्सेमा कारोबार भईरहेको छ ।







