ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उत्तसम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र      आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन । 

साथै, दुवै संस्थाको सहमतीमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिंग र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरुमा सहकार्य हुनेछ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागुहुनेछ ।

Read More
  • EBL Ad news