तरलताको अभाव टार्न नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले भाेलि (फागुन २६ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो चैत्र १० गते परिपक्क हुनेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भाेलि दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।
रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।