हिमालयन बैंकले राष्ट्र बैकलाई डीमर्जबारे जानकारी गरायो, एनआईबिएलले पनि आज पत्र पठाउँदै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकले राष्ट्र बैकलाई डीमर्जबारे जानकारी गरायो, एनआईबिएलले पनि आज पत्र पठाउँदै

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर रद्द भएको झन्डै दुई महिनापछि नेपाल राष्ट्र बैंकलाई डीमर्जको पत्र पठाएको छ। हिमालयन बैंकले यहि सोमबार दिउँसो नेपाल राष्ट्र बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर रद्द भएकोबारे जानकारी गराएको हो। 

स्रोतकाअनुसार बैंकले राष्ट्र बैंकलाई बुझाएको पत्रमा मर्जर रद्द हुनुका कारणबारे जानकारी गराइएको छ। आफुहरुको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्टसंगको मर्जर प्रस्ताव अस्वीकृत गरेकाले मर्जर रद्द गर्नु परेको हिमालयन बैंकले बुझाएको पत्रमा उल्लेख छ। 

मर्जर कमिटिले नै डीमर्जको लागि प्रस्ताव गर्नुपर्ने भएकाले हिमालयन बैंकले नयाँ मर्जर कमिटि बनाएर सोहि कमिटिले राष्ट्र बैंकलाई मर्जर रद्द हुनुको कारण सहित डीमर्जको लागि पत्र लेखेको हो। 

Read More
  • MBL - below news
  • EBL Ad news