काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले मेगा म्युचुअल फण्ड २ नामक म्युुचअल फण्ड सञ्चालनामा ल्याउन लागेको हो । फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउन लागेको हो । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले कात्तिक फागुन २२ गते सेबोनमा निवेदन दिएको हो । कोष ब्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।








