ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट प्लस” बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट प्लस” बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

 ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरि भोट गर्र्न सक्नेछन् ।

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरि आफूलाई मन परेको प्रतियोगीलाई “विजयी भव” भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरि बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरि करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

Read More
  • EBL Ad news