काठमाडौं : मेगा क्यापिटल मार्केट्सले ‘मेगा म्युचुअल फन्ड–२’ योजनाको १० करोड इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्रीका लागि अनुमति मागेको हो ।
मेगा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड स्कीम हो । क्यापिटलले मेगा म्युचुअल फन्ड अन्तर्गत दोस्रो बन्दमुखी योजना निष्कासनका लागि अनुमति मागेको हो । हाल मेगा म्युचुअल फन्ड–१ सञ्चालनमा रहेको छ ।








