ग्लोबल आइएमई, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइसबीच सम्झौता, सहकारीलाई Coop Card जारी गरिने


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइसबीच सम्झौता, सहकारीलाई Coop Card जारी गरिने

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ । 

सहकारीहरूका लागि सहकारी पहिचान सहितको Coop Card जारी गर्नेसम्बन्धमा उक्त सम्झौता भएको हो । 

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 
बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा Coop Card जारी गर्न लागिएको हो । 

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरूले ऋययउ ऋबचम जारी गर्नेछन । यसका लागि एससिटिले चाइना युनियन पेसँग सहकार्य गर्दै आएको छ । 

Read More
  • EBL Ad news