काठमाडौँ / नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्सबीच सम्झौता भएको छ ।
सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्ग वा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा ३०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् ।








