२० फागुन, काठमाडौं । राष्ट्र बैंकको नयाँ सर्कुलरप्रति सर्वसाधरणमा चासो देखिएको छ– आन्तरिक रेमिट्यान्सको सीमा किन ७५ प्रतिशत खुम्चाइयो ?
नेपाल राष्ट्र बैंकले बुधबारबाट आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाउँदै नेपालभर एक व्यक्तिले एक दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम पठाउन नपाउने व्यवस्था गरेको थियो ।
यो व्यवस्थासँगै काठमाडौंमा जागिर खाने छोराले गाउँमा बाआमालाई रकम पठाउनु पर्यो भने पनि दिनमा बढीमा रु.२५ हजार मात्र पठाउन पाउने छन् ।
यस अघि यस्तो सीमा एक लाख रुपैयाँ थियो । २ वर्षअघि राष्ट्र बैंकले २ लाखबाट घटाएर एक लाख रुपैयाँमा झारेको थियो । २ लाख बनाउनु अघिसम्म सीमा तोकिएको थिएन ।