हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर विवादमा राष्ट्र बैंकको ‘प्रवेश’, शेयर कारोबार फुकुवा नहुँदा लगानीकर्ता बने ‘रमिते’


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर विवादमा राष्ट्र बैंकको ‘प्रवेश’, शेयर कारोबार फुकुवा नहुँदा लगानीकर्ता बने ‘रमिते’

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रियामा अबरोध उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले ती दुई बैंकमाथि बिशेष निगरानी बढाउन थालेको छ । केन्द्रीय बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढाउन नसक्ने अवस्था नै आएको हाे भने अन्य बैंकसँग भएपनि मर्जर प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेको छ।

पहिलो कुरा त राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकलाई मर्जर प्रक्रियालाई निरन्तरता दिन भनेको छ । केन्द्रीय बैंकले यदी मर्जर प्रक्रियालाई निरन्तरता दिन नसकेको अवस्थामा अर्को कुनै वाणिज्य बैंकसँग मर्जरका लागि ‘पार्टन’ खोज्न समेत आग्रह गरेको छ ।

 

सबैभन्दा पहिला त हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको बोर्डले ‘डिमर्जको डिसिजन’ गर्नु पर्यो, त्यसपछि मात्र अन्य प्रक्रियामा जान सहज हुने राष्ट्र बैंकका एक उच्च कर्मचारीले बताए । ‘हिमालयन बैंकको बोर्ड बैठक र इन्भेष्टमेन्ट बैंकको बोर्ड बैठकले डिमर्जको डिसिजन गर्नु पर्यो । त्यसपछि संयुक्त मर्जर कमिटिले डिमर्जको डिसिजन गरेर राष्ट्र बैंकमा पठाउनु पर्यो,’ उनले भने, ‘राष्ट्र बैंकमा पठाइसकेपछि राष्ट्र बैंकले बोर्डमा लगेर यसलाई डिमर्ज गर्न स्वीकृत दिन्छ ।’ यो प्रक्रियाका लागि लगभग एक महिनाको समय लाग्ने दावी राष्ट्र बैंकले गरेको छ ।

डिमर्जको प्रक्रिया सम्पन्न भइसकेकपछि मात्र अर्को बैंकसँग मर्जरमा जान सक्ने सम्भावना हुने ती राष्ट्र बैंकका कर्मचारीको भनाइ छ । ‘पहिला त उनीहरु डिमर्जको प्रक्रियामा प्रवेश हुनु पर्यो,’ उनले भने, ‘त्यसपछि मात्र अर्कोलाई खोज्न सक्छन् । मर्जर टुटेपछि मात्रै अरु खोज्न स्तन्त्र हुन्छन् ।’

Read More
  • MBL - below news
  • EBL Ad news