राष्ट्र बैंक र वाणिज्य बैंकको परीक्षा अनिश्चित !


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंक र वाणिज्य बैंकको परीक्षा अनिश्चित !

राष्ट्र बैंक र वाणिज्य बैंकको परीक्षा अनिश्चित भएको छ । निजामती सेवासँगै सुरक्षा निकाय र संगठित संस्थामा थारू समुदायलाई छुट्टै समावेशी कोटा कायम गरिनुपर्ने मागसहित सर्वाेच्च अदालतमा धमाधम मुद्दा पर्न थालेपछि परीक्षा अनिश्चित बनेको हो । अहिले लोकसेवाका २८ सय ९१ पदका परीक्षा अनिश्चित बनेको छ ।

थारूलाई ६.६ प्रतिशत क्लस्टरको माग गर्दै दायर रिटका कारण संघतर्फका प्राविधिक शाखा अधिकृत, नायव सुब्बा, स्वास्थ्य सातौँ र आठौँ, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, नेपाल प्रहरी तथा नेपाल टेलिकमसँगै बागमती र कर्णाली प्रदेश लोकसेवाका परीक्षा प्रभावित भएका हुन् । एकै प्रकृतिका यी रिटको टुंगो नलागेसम्म शिक्षक सेवा आयोग, नेपाली सेना र बीमा कम्पनीको परीक्षा पनि धकेलिने सम्भावना बढेको छ ।

यी निकायमा आह्वान भएका खुला तथा समावेशीतर्फको स्थायी पदपूर्ति विज्ञापनमा ‘थारू क्लस्टर’ नरहेको र विज्ञापन बदरको मागसहित दायर छुट्टाछुट्टै रिटमा सर्वाेच्च अदालतले धेरैजसोमा अन्तरिम आदेश र केहीलाई लगाउमा राख्न भनेपछि अनिश्चितता बढको हो । थारू कल्याणकारिणी सभाले थारूलाई ६.६ प्रतिशत आरक्षणको माग गर्दै हरेक सरकारी विज्ञापनविरुद्ध रिट दायरको क्रम बढाएको छ ।

Read More
  • EBL Ad news