नेपाल राष्ट्र बैंकले आ.व. २०७८÷७९ को माघ मसान्त सम्ममा १०६ अर्ब १० करोड बराबरको पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले ग्राहकको मुल्यांकको आधारमा प्रदान गरिने पुनरकर्जा अन्तर्गत ३ अर्ब ५० करोडको विशेष पुनरकर्जा र १० अर्ब १४ करोड बराबरको साधारण पुनरकर्जा स्वीकृत गरेको छ । यस अन्तर्गत विशेष पुनरकर्जा २० ऋणीको लागि र साधारण पुनरकर्जा ८३ ऋणीको लागि स्वीकृत गरिएको हो ।
त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जाको आकार ९२ अर्ब ४६ करोड रहेको छ । जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ८ अर्ब १० करोड, विशेष पुनरकर्जा ८ अर्ब ७९ करोड र साधारण पुनरकर्जा ७५ अर्ब ५८ करोड रहेको छ । जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ९ हजार ४ सय ८६ ऋणीको लागि, विशेष पुनरकर्जा १६ सय ८७ ऋणीको लागि र साधारण पुनरकर्जा १२ हजार ९ सय ९२ ऋणीको लागि स्वीकृत गरिएको हो ।