भारतले नसाट्दा राष्ट्र बैंकको ढुकुटीमा थन्कियो ७ करोड भारु


  • KBL News Ad
  • ADBL
  • City Express
भारतले नसाट्दा राष्ट्र बैंकको ढुकुटीमा थन्कियो ७ करोड भारु

भारतीय केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंकसँग रहेको ७ करोड भारतीय रुपैयाँ साट्न चासो नदेखाए पछि पाँच वर्षदेखि उक्त रकम राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेको छ ।

१५ फागुन, काठमाडौं । २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले गरेको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।

सरकारी उदासीनताले भनौं या भारत सरकारको बेवास्ताले नेपालको बैंकिङ प्रणालीमा रहेका ७ करोड रुपैयाँ भारतीय रुपैयाँ साटिएनन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्नका लागि पहल नगरेको होइन । आफूसँग रहेको करोडौं रुपैयाँ साटिदिनका लागि भन्दै भारतीय केन्द्रीय बैंकलाई पटक-पटक पत्राचार गरे पनि भारत सरकारले सुनेन ।

अब भने राष्ट्र बैंकले सटही हुने आश मारेको छ । लामो समय सटही हुने आशमा रहेको राष्ट्र बैंकले यस बीचमा नेतृत्व नै परिवर्तन भइसकेको छ । भारतीय नोट साट्नका लागि त्यसबेला निकै सक्रियता देखाएका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवकोटी, अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ र गभर्नर डा. चिरञ्जीवी नेपाल अवकास भइसकेका छन् । ...

Read More
  • EBL Ad news