राष्ट्र बैंकले ल्यायो काम नलाग्ने नोट नष्ट गर्न अत्याधुनिक मेसिन


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले ल्यायो काम नलाग्ने नोट नष्ट गर्न अत्याधुनिक मेसिन

नेपाल राष्ट्र बैंकले काम नलाग्ने पुराना नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन संचालनमा ल्याएको छ। यसअघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएकोमा अब भने मेसिनले थाेत्रा नोटहरू नष्ट गरिने भएकाे छ।

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको हाे।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर शुभारम्भ गरेका हुन् । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले बताएको छ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए। बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी दिँदै उनले बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।...

Read More
  • EBL Ad news