नेपाल राष्ट्र बैंकले ४ क्षेत्रमा जाने कर्जाको जोखिम भार परिवर्तन गरेको छ। केन्द्रिय बैकले बुधबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनको लागि जारी गरेको निर्देशनमा जोखिम भार १५० प्रतिशत पुर्याएको हो।
केन्द्रिय बैंकले व्यक्तिगत अधिविकर्ष कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याएको छ भने हायर पर्चेज कर्जा, रियल स्टेट कर्जा र शेयर धितो कर्जामा पनि जोखिम भार १५० प्रतिशत पुर्याएको हो।
यस्तै ट्रस्ट रिसिप्ट कर्जाको पनि जोखिम भार बढाएर १२० प्रतिशत पुर्याएको छ। यस्तो कर्जामा यसअघि १०० प्रतिशत जोखिम भार थियो।
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षामा यी कर्जाहरुमा जोखिमभार पुनरावलोकन गर्ने निर्णय गरेको थियो। सोही अनुसार बुधबार केन्द्रिय बैंकले निर्देशन जारी गरेको हो।