एलआइसी नेपालको एजीएम बुधबार बस्दै, २१.०५% लाभांश पारित गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एलआइसी नेपालको एजीएम बुधबार बस्दै, २१.०५% लाभांश पारित गर्ने

काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले बुधबार (फागुन ११ गते) वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले सभामा २१.०५% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश वितरण गर्न लागेको हो । 

 

साथै, उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । साथै, १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ । 

Read More
  • MBL - below news